वालिङ महोत्सवकाे आठौं दिन : दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति

वालिङ :
स्याङ्जाको वालिङ खेलमैदानमा जारी आठौं वालिङ महोत्सव २०८० मा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहेको छ ।  माघ १८ देखि सञ्चालन भएको महोत्सवमा  बिहिबार आठौं दिनसम्म सुरुका दिनदेखि नै दर्शकहरुको दैनिकरुपमा उत्साहजनक उपस्थिति रहेको हो ।
महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरएको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुका साथै स्थानीय प्रतिभाका दैनिक रोचक प्रस्तुति हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ

बिहिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमको साथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको छ ।
राष्ट्रिय कलाकार पूर्णकला विसी र लोक आधुनिक गायक  रमेशराज भट्टराईको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए । यसैगरी चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियारकोसाथमा नृत्यकार सृष्टि बिकको प्रस्तुतिले दर्शकदीर्घा थप मनोरञ्जित प्रदान गरेको थियो ।

यस्तै स्थानीय लाइभ व्याण्डले युवा दर्शकहरुलाई झुमाएको थियो । स्थानीय लाइभ व्याण्डमा हिपप् वालिङ र द ब्रदर्श भकुण्डेको प्रस्तुति रहेको थियो ।


यसैगरी २६ गते शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकासाथै थप आकर्षणमा राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक तर्फ एञ्जिला रेग्मीको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । देश विदेशमा मन जित्न सफल हास्य कलाकार धुर्मुस सुन्तली एवम् पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल र रोशन बिसीको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

Facebook Comments Box
TOP