प्रेस चौतारीको २६ औँ स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा
स्याङ्जा :
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वृद्ध आमाहरुलाई बलाङकेट वितरण गरेको छ । आठौँ वालिङ महोत्सवमा सहभागी ८० वर्ष नाघेका ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तीलाई बलाङकेट प्रदान गरेको शाखाले जनाएको छ ।
जाडो समयमा पत्रकारको न्यानो माया स्वरुप महोत्सव स्थलमा कार्यक्रम गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताए । फरक क्षमता भएका वालिङ—९,का आत्मराम कँडेल ८७ वर्षीय छलिकुमारी सुवेदी , ८६ वर्षीय पवित्रा सुवेदी ,८५ वर्षीय गंगा पराजुली , ८० वर्षीय गंगा कुमारी थापा र ख्याम कुमारी थापालाई व्लाङ्केट प्रदान गरिएको हो । गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो विस्तरा वितरण गरेको हो ।
८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताए । प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


