आज क्यान्सर दिवस: नेपालमा पनि क्यान्सरलाई जित्ने तथा उपचारबाट आयु लम्बिने क्रम बढ्दो।
काठमाण्डौ:
हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाइने क्यान्सर दिवस यस वर्ष “स्याहारमा भएको फरकलाई बन्द गरौँ ” भन्ने नारा सहित नेपालमा पनि मनाइँदै छ । अत्याधुनिक प्रविधि र चिकित्सा सेवाका कारण नेपालमा पनि क्यान्सरलाई जित्ने तथा उपचारबाट आयु लम्बिने क्रम बढेको छ ।
केही दशक अघिसम्म पनि उपचारै नभएको रोग मानिने क्यान्सरको उपचारसेवा अहिले नेपालमै उपलब्ध छ । क्यान्सरको उपचार र क्यान्सर जित्ने क्रम विश्वमै बढेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा विश्वका ४८ हजार आठ सय जना भन्दा धेरैले क्यान्सरलाई पूर्ण रुपमा जितेका छन् । उपचारका कारण क्यान्सरको प्रभावलाई सीमित पारेर धेरैको आयु लम्बिएको छ ।
तर, उपचार महँगो हुँदा धेरैले उपचार गराउन सकेका छैनन् । क्यान्सरको उपचार गराउँदा धेरै परिवारले भएको सम्पत्ति सकिएर पनि ऋणमा फसेका छन् । यस्तै रोगको पहिचान र निदानका लागि लामो समय लाग्दा बिरामी र आफन्तले हैरानी खेप्नु परेको छ ।
नेपालमा क्यान्सरको उपचारकै क्रममा घरवारविहीन भएका र खर्च जुटाउन हारगुहार गरिरहेका घटना धेरै देखिन्छ । क्यान्सरको उपचारका लागि नेपाल सरकारले पाँच लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ । तर महँगो शुल्कको तुलनामा निकै कम हो ।
नसर्ने रोग भए पनि क्यान्सरको समस्या विश्वव्यापी रुपमै बढिरहेको डब्लुएचओले जनाएको छ । अघिल्लो वर्ष विश्वमा झण्डै दुई करोड जना क्यान्सरका नयाँ बिरामी भेटिएका छन् । ९७ लाख जना भन्दा धेरैको क्यान्सरका कारण ज्यान गएको छ ।
विश्वमा सबैभन्दा धेरै देखिएको स्तन क्यान्सर हो । दोस्रोमा फोक्सोको क्यान्सर रहेको छ । क्यान्सरको कारणमध्ये २२ प्रतिशत चुरोट, बिँडी रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । झण्डै १० प्रतिशतमा वंशाणुगत क्यान्सर हुन्छ ।
ू
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


