बजारको सजावटले वालिङ महोत्सवको रौनक थपियो ।
वालिङ :
वालिङ महोत्सव नजिकिँदै गर्दा वालिङ बजारमा गरिएको सजावटले महोत्सवको रौनक थपिएको छ । ‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित महोत्सवको मिति नजिकिँदै गर्दा वालिङ बजार रंगी विरंगी ध्वजा पतका र ब्यानरले झकिझकाउ भएको छ ।
माघ १८ गतेबाट हुने महोत्सवका लागि बजार सजावट गराउन सवै बजारबासीलाई भनिएको बजार सजावट उपसमितिका संयोजक चुत्रकुमारी थापा (दुर्गा) ले जानकारी दिनुभयो ।
महोत्सवलाई स्वागत गर्नका लागी स्थानीय व्यापारी निकै उत्साहित भएको भन्दै आफ्नै खर्चमा वालिङका व्यापारी व्यवसायीहरुले आफ्नो घर अगाडिमा ध्वजा पतकाले सजाएका हुन् । वालिङका केहि बजार मध्ये भिआईपि टोल, बगालेटोल, मोडमा बजार रंगिबिरंगि भएको छ ।
उता महोत्सव स्थलमा तयारी तब्र पारिएको छ । स्टल निर्माण,बालउद्यान मञ्च निर्माण लगायतका काम धमाधम भईरहेको मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आठौँ वालिङ महोत्सव ५ वर्षपछि हुन लागेको भन्दै सम्पुर्ण जिल्लाबासीको सदभाव र मायाले महोत्सव सफल हुनेमा आफू ढुक्क रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


