स्याङ्जा-घाँसले बिजुलीको तार छोईदा करेन्ट लागेर महिलाको मृत्यु ।
खगीन्द्र पौडेल,
वालिङ, माघ १४ गते ।
स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–८ की ५० बर्षीय चन्दकुमारी सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्दबहादुर रानाले जानकारी दिनुभयो ।
घाँस बोकेर घर तर्फ आउने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लाग्दा सुनारको मृत्यु भएको प्रबक्ता रानाले बताउनु भयो ।
शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल स्याङजा पठाईएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


