वालिङ—८ ले घरघरमा नै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र सम्मान् गर्यो ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान शुरु गरेको छ । वडाभित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै घर—घरमा नै पुगी स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यबहाक वडा अध्यक्ष चेतनारायण श्रेष्ठ, नगरकार्यपालिका सदस्यद्धय युगमाया पंगेनी र गिता रनपाल, वडा सदस्य अनन्तराज शर्मा, वडा सचिव प्रेमनारायण सुवेदी, स्वास्थ्य साखाका रामचन्द्र ठाकुर सहितको टोलीले शनिबार वालिङ बजार, भिमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरा, लगायतका ठाँउका २४ जना जेष्ठ नागरिक र ९ जना पुर्ण अपांगलाई सम्मान तथा स्वास्थ्य परिक्षण गरेको हो ।

जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परिक्षण गर्नुका साथै नगद ५ सय सहित हर्लिक्स, फलफुल प्रदान गरिएको थियो भने पुर्ण अपांग बालबालिकाहरुलाई ५ सय नगद र फलफूल घरघरमै पुगेर प्रदान गरिएको हो ।



समाचार
थप सामाग्री
स्याङ्जाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे ।
३ दिन अगाडि
स्याङ्जा : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेको छन् ।…


