राममन्दिरको प्राण प्रतिष्ठाको खुसियालीमा वालिङमा दिप प्रज्वलन एबम भजन कृतन

वालिङ

बिश्व हिन्दु महासंघ स्याङ्जा,बिश्व हिन्दु युवा संघ स्याङ्जा र बिश्व हिन्दु महासंघ वालिङकाे संयुक्त आयोजनामा राम जन्मभुमी अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अबसरमा आज वालिङ मोड्मा दिप प्रज्वलन एबम भजन कृतन कार्यक्रम समपन्न भएको छ।

कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले गर्नु भएको थियो,कार्यक्रमको प्रमुख अतिथी बिश्व हिन्दु हिन्दु महासंघका केन्द्रिय सदस्य पण्डित नेत्र प्रसाद पराजुली ,अन्य अतिथिहरुमा बिश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेल ,बिश्व हिन्दु महासंघ वालिङ नगरका अध्यक्ष सिताराम अधिकारी,वालिङका पुर्ब मेयर दिलिप प्रताप खाण ,बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पदम प्रसाद पाण्डे लगायत विभिन्न सामाजिक एबम धार्मिक ब्यक्तिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी पण्डित नेत्र प्रसाद पराजुलिले भगवान रामको बारेमा भन्नु भएको थियो। उहाँले ससारभरिका हिन्दुहरुको उत्सबको दिन भएको र आज ५०० बर्ष देखिको सपना आज पूरा भएको यो कामको लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि,उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई धन्यबाद दिनु भएको थियो।उहाले राम लक्ष्मण जस्तो अहिले आबस्यकता भएको कुरा बताउनु भएको थियो।अहिले हामी सबै जनाले भगवान रामबाट धेरै कुरा सिक्न पर्ने कुरा बताउनु भएको थियो।

कार्यक्रममा बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेल ,बिश्व हिन्दु महासंघ केन्द्रिय सदस्य पदम प्रसाद पाण्डे ,बिश्व हिन्दु महासंघ वालिङ नगर अध्यक्ष सिताराम अधिकारीले रामको बारेमा र आज बिशेश उत्सब भएको कुरा बताउनु भएको थियो।दिप प्रजल्न सहित भजन कृतन सहित विशेष उतसबको रुपमा मनाइएको थियो।कार्यक्रमको सन्चालन जिल्ला सचिब भुपराज बगालेले गर्नु भएको थियो।

Facebook Comments Box
TOP