वडा अध्यक्षलाई स्वतः विद्यालयको अध्यक्ष बनाउँने वालिङको प्रयासलाई अदालतले लगायो रोक ।
वालिङ, माघ ८ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाले वडाध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी संशोधन गरेको ऐनमा अदालतले रोक लगाएको छ ।
नयाँ प्रावधानलाई तत्काल यथास्थितिमा राख्न उच्च अदालत पोखराले आदेश दिएको हो । नगरपालिकाका कार्यपालिका सदस्य भक्त गोतामेले संशोधन गरिएको ऐनलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा पेस गर्नुभएको थियो ।
उच्च अदालतले १५ दिनभित्र ऐन संशोधनको कारणसहित अदालतमा उपस्थित हुन विपक्षी वालिङ नगरपालिकालाई आदेश दिएको छ । पालिकाको १५ औँ नगर सभाले नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।
पालिका उपप्रमुख कविता तिवारीसहितका जनप्रतिनिधिले सभा बहिष्कार गरे पनि बहुमतका आधारमा ऐन संशोधन गरिएको थियो । वालिङले नयाँ प्रावधान अनुसार मावि तहका विद्यालयमा सोही वडाका वडाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको हो ।
आधारभूत विद्यालयको हकमा वडाध्यक्ष वा निजले तोकेको व्यक्ति अध्यक्ष हुने व्यवस्था राखेको थियो । संशोधन अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न जनप्रतिनिधिको हकमा योग्यता आवश्यक नपर्ने बनाइएको थियो ।
सङ्घीय ऐन अनुसार मावि वा सोभन्दा माथिको तहका विद्यालयमा अध्यक्ष बन्न एसएलसी वा सोसरहको योग्यता हुनुपर्ने उल्लेख छ । राजपत्रमा सूचना प्रकाशन गरेर आइतबारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न नगर प्रमुख कृष्ण खाणले निर्देशन जारी गर्नुभएको थियो ।
अदालतको आदेशसँगै विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी लिनबाट वडाध्यक्षलाई पछि हट्नु परेको छ । विवादास्पद नगर शिक्षा ऐन स्थगित गर्न नगर शिक्षा समितिका सदस्यले ध्यानाकर्षण गराउँदै आएका छन् ।
शिक्षा समिति सदस्य जीवलाल काफ्ले भन्नुहुन्छ, “पालिकाबाट गर्नै नहुने काम भएको छ, यो सङ्घीय कानुनको विरुद्ध छ ।” वालिङमा कार्यपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ ।
नगर प्रमुखमा नेकपा (एमाले) का कृष्ण खाण र उपप्रमुखमा कांग्रेसका कविता तिवारी रहनुभएको छ । एमालेका नेता तथा कार्यकर्ताले यसमा समर्थन जनाउँदै आएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले विरोध गर्दै आएका छन् । अभिभावक, शिक्षक, कार्यपालिकाका सदस्यलगायत सरोकारवालाले वालिङको शिक्षा थप अस्तव्यस्त र कमजोर हुन सक्ने भन्दै सामाजिक सञ्जालबाट विरोध जनाइरहेका छन् ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


