वालिङका मेलमिलापकर्ताहरुका लागि दिईयो एडभान्स तालिम ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकामा क्रियाशिल मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम दिईएको छ ।
विगत पाँच बर्ष देखि वालिङका विभिन्न वडामा रहेर मेलामिलाप गराउँदै आएका मेलमिलाप कर्ताहरुका लागि यस्तो तालिम प्रदान गरिएको हो ।
द एसिया फाउण्डेसनको आर्थिक सहयोग,प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम गरिएको हो ।
तालिमको समापन गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले घरगाउँमा हुने विभिन्न प्रकृतिको देवानी अन्तरगतका समस्या समाधानमा मेलमिलाप कर्ताको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उच्चस्तरको तालिमले मेलमिलापकर्ताहरुलाई निक्कै सहयोग पुग्नेछ ।”
वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको उपप्रमुख तिवारीको भनाई छ ।
उच्चस्तर तालिमले मेलमिलाप कार्यका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगरउपप्रमुख तिवारीले आआफ्ना वडामा यसको प्रयोग सही रुपमा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,प्रशिक्षक रमिला होमागाँइ, वडा नं.६ का मेलमिलापकर्ता माया पाण्डे र वडा नं.५ का हुमनाथ लामिछाने लगायतले बालेका थिए ।
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका विवादहरु समाधानको सहजिकरणमा मेलमिलापकर्ताहरु सक्रिय रहेकाछन् ।”
पाँच दिन सम्म सञ्चालन सञ्चालन भएको तालिममा रमिला होमागाई र रिता मानन्धरले सहजीकरण गर्नु भएको थियो । तालिममा २७ जनाको सहभागिता रहेको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


