कृषि र पशुपालनमा व्यवसायिक रुपले अगाडि बढ्न आवश्यक छ : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराईले कृषि र पशुपालनका व्यवसायिक हुनु पर्ने बताउनु भयो । कृषि पेशाबाट आत्मनिर्भर बनाउने अभियानमा गल्याङ नगरपालिका लागि परेको प्रमुख भट्टराईको भनाई छ ।
बुधबार स्याङ्जाको गल्याङ नगरपालिकामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा आयोजित गल्याङ नगरपालिकामा पशुमा पूर्ण खोप शुभारम्भ कार्यक्रम समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख भट्टराईले भन्नुभयो नगरभित्र ६७ प्रतिसत कृषकहरुको बसोबास रहेको र कृषकसंग भएका समस्याको समाधान गर्ने र कृषक संग कृषि प्राविधिक सहितको टोलि लिएर नगर भित्रका ६१ स्थानमा पुगेर ४ हजार १ सय ८७ जना कृषकहरुलाई सेवा सुविधा दिएको कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो हाम्रो जीवन यापनका लागि मुख्य आधार भनेको कृषि र पशुपालन भएकाले गल्याङ नगरबासीको गाउँघरमा पुगेर सेवा प्रवाह गरेको र टाठाबाठाका लागि भन्दा पनि पहुँचको अभावमा रहेका कृषकहरुका लागि यस्तो कार्यक्रम सञ्चालन गरेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो समृद्विको आधार भनेको कृषि र पशुपालन भएकाले सिमित साधन स्रोतको प्रयोग गरेर अगाडि वढ्ने पक्षमा नगरपालिका रहेको कुरा बताउदै घरपालुवा पशुहरुमा एक महिना सम्म पोख सञ्चालन हुने भएकाले सबैले सेवा लिनु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यो सेवा गल्याङबाट सुभारम्भ गरिदिनु भएकोमा धन्यवाद दिदै कार्यक्रमको प्रभावकारीताको लागि सबै जुट्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले पशु र कृषिका माध्यमबाट आम्दानी लिन सकिने भएकाले ध्यान दिएर अगाडि बढ्न आग्रह गर्नु भयो ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रुपेश श्रेष्ठले भन्नु भयो । कृषि र पशुपालनका क्षेत्रमा गल्याङ नगरपालिकाले नमुना कार्य गरेको र कृषकका हितमा काम गरेका कारण पनि आफूहरुले यो अभियानको थालनी गल्याङ नगरबाट गरेको कुरा बताउनु भयो ।
गल्याङ नगरपालिकाले दुध उत्पादनमा अनुदानको कार्यक्रमलाई निरन्तता दिएको अन्य पालिकामा खोप सञ्चालन गर्न केही समय लाग्ने भए पनि यहाँका कृषकहरुले छिटोछरितो सेवा पाउनु राम्रो पक्ष भएको कुरा बताउनु भयो ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत छैटौं पुरुषोतम् कोईराला र गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले पशुमा यतिबेला विभिन्न किसिमको रोग फैलिएकाले त्यसको रोकथामका लागि खोप लागाउनु पर्ने कुरा बताउनु भयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


