मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सव
वालिङ :
मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकको १८औँ वार्षिकोत्सव वालिङ साखामा पनि मनाईएको छ । कार्यक्रममा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले पैसालाई कसरी पुँजीमा परिणत गर्ने भन्ने विषयमा बंैकहरुले सोँच्नुपर्ने बताउनुभयो । बैंकले उत्पादनमुलक कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै संघका अध्यक्ष श्रेष्ठले बैंकको लगानी कहाँ र कसरी प्रयोग भईरहेको भन्ने विषयमा समेत बैंक चनाखो बन्नुपर्ने बताउउनुभयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, कोषाध्यक्ष खगुपति न्यौपाने, प्रेस युनियनका निर्वतमान जिल्ला अध्यक्ष प्रदिप कोईरालालगायतले बोल्नुभएको थियो । स्याङ्जाबाट शुरु भएको बैंक अहिले राष्ट्रिय स्तरको बैंक बनेको छ । कार्यक्रममा खगेन्द्र अर्याल, अर्जुन श्रेष्ठ, श्याम सुँनारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका वालिङ साखा प्रबन्धक नविन काफ्लेले स्वागत गर्नुभएको थियो भने संचालन उमा भण्डारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


