राष्ट्रपति रनिङ शिल्ड : पुतलीबजार पहिलो,वालिङ दोस्रो ,भीरकोट तेस्रो
स्याङ्जा :
स्याङ्जामा जारी जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेकोे छ ।
जिल्ला सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र एक कांस्य सहित २२ पदक जितेर पुतलीबजार उपाधि विजेता बनेको हो।
यसैगरी, प्रतियोगितामा वालिङ नगरपालिकाले ९ स्वर्ण, २ रजत र ५ कांस्य पदक सहित दोस्रो हुन सफल भएको छ। वालिङ्ले १६ पदक जित्दै उपविजेता बनेको हो।
प्रतियोगितामा तेस्रो बनेको भीरकोट नगरपालिकोे १४ पदक जितेको छ। भीरकोटले ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको हो।
पुस ८,९ र १० गते सम्पन्न छनौट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका पालिकालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा यहाँका ६ गाउँपालिका सहित ५ नगरपालिकागरी ११ वटा पालिकाले सहभागिता जनाएका थिए।
एथलेटिक्सका बिभिन्न खेलहरु लगायत भलिवल, कबड्डी लगायतका खेलहरुमा प्रतिस्पर्धा भएको थियो।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


