स्याङ्जा : आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
स्याङ्जा :
चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नु भएको हो ।
तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका संजय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै दोस्रो बन्दै ४० हजार हात पार्नुभयो ।यस्तै हुम्लाका शुसिल कुमार जोशीले एक घण्टा ३४ मिनेट ०२ सेकेन्डमा पार गर्दै तृतिय स्थान हात पार गर्नु भएको थियो भने ३० हजार नगद प्राप्त गर्नुभयो ।
यस्तै २१ बर्ष मुनिको १० किमीमा प्रथम सिनम गुरुङ(तनहु)ले ४१ मिनेट १४ सेकेन्डमा दुरी पार गर्नु भएको हो । गुरुङले २० हजार रुपियाँसहित, कप, मेडल प्रमाणपत्र हात पार्नुभयो । दोस्रो तेन्जोन रोका (पोखरा)ले १५ हजार र तेस्रो मनोज रोका (पोखरा)ले १० हजार रुपियाँ हात पार्नुभयो ।

यस्तै महिलातर्फ पाचँ किमीमा राम मायाँ बुढा (जुम्ला) ले २१ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै पहिलो स्थान हात पार्नुभयो । द्धितिय सुस्मिता कुमारी चौधरी(दाङ) र तृतिय नितु तामाङ (पोखरा) बन्नुभयो । बुढाले १५ हजार, चौधरीले १० हजार र तामाङले पाचँ हजार प्राप्त गर्नुभयो । ५८ वर्षीय गोपाल नेपालीले दौडमा भाग लिदै पुरा गर्नुभयो ।
विजेतालाई गण्डकी प्रदेशका खेलकुद मन्त्री शुशिला सिम्खडाले पुरस्कार बितरण गर्नु भएको थियो । दौडमा ३२ महिला सहित १३४ जना धावकको सहभागिता रहेको मनबहादुर थापाले जानाकारी दिनुभयो ।
दौड कोल्माबाट शुरु भई काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हुदै पुन कोल्मा आएर समापन भएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


