पुतलीबजारमा छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
स्याङ्जा :
‘शिक्षा स्वास्थ र पूर्वाधार -सम्मुनत पुतलीबजारको आधार’ भन्ने नाराका साथ स्याङ्जाको सदरमुकामस्थित मालेबगर खेल मैदानमा शुक्रबारबाट नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नगरका १७ माध्यमिक विद्यालयले भाग लिएको उक्त प्रतियोगिताको समुदघाटन एक भव्य समारोहका बिच जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जीटीले पानसमा दिप प्रज्वलितसहित गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, सहायक प्रजिअ दिपक पौडेल, प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर राना, १४ वटा वडाका वडा अध्यक्ष र सदस्यहरु, प्रशासकीय अधिकृत हरिराम नागिला, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनका लागि यस्ता खेलकूद कार्यक्रम फलदायी हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोजक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले खेललाई सिकाईकै एक अभिन्न अङ्गका रूपमा लिनुपर्ने भन्दै प्रतियोगी विद्यार्थीहरूलाई सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा रेडियो स्याङ्जाका अध्यक्ष ध्रुबबन्धु पौडेल, संस्थागत विद्यालयका तर्फबाट प्याब्सन स्याङ्जाका उपाध्यक्ष दीपक मरासिनी, नेपाल शिक्षक सङ्घ स्याङ्जाका सहसचिव शिव ढकाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुतलीबजारका अध्यक्ष विश्वेश्वर पोख्रेल लगायतले बोल्नुभएको थियो ।
सहभागी विद्यालयका विद्यार्थीहरुको मेयर र समन्वय प्रमुख र उपप्रमुखले मार्चपासको सलामी ग्रहण गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा त्रिभुवन आदर्श माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताका विविध खेलमा करिब दुई हजार विद्यार्थी खेलाडीको सहभागिता रहने छ ।
नगरप्रमुखको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन त्रिभुवन आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रेम पौडेलले गर्नुभएको थियो भने उपप्रमुख देवी अर्यालले स्वागत गर्नुभएको थियो
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


