भीरकोट लामाचौरमा स्कुटर दुर्घटनामा घाइते भएकी केसीको मृत्यु ।
भवानी अधिकारी / स्याङजा :
स्याङ्जाको भीरकोट नगरपालिका वडा न.१ लामाचौरमा स्कुटर दुर्घटना हुँदा २३ वर्र्षीया कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । वालिङबाट राङ्खोलातर्फ गइरहेको ग १६ प ९१२४ नम्बरको स्कुटर अनियन्त्रित हुँदा सोमबार साँझ पुतलीबजार नगरपालिका १३ का २१ वर्षीय राजेश केसी र उनको पछाडी सवार क्षेत्री घाइते भएका थिए ।
घाइते दुबैको कालिका सामुदायिक हस्पिटल हेलुमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । गम्भीर घाइते क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते केसीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


