स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटना ट्रक चालक तानसेन नगरपालिका वडा नम्बर ७ धोबीघाट पाल्पाका ३२ वर्षीय केशव घिमिरे गम्भीर घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
सिद्धार्थ राजमार्गमा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक सडकबाट दुई सय मिटर तल खसेको हो ।
घाइते चालक घिमिरेलको ढाड र बायाँ खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


