सञ्चालनमा आएन ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’
राधाकृष्ण डुम्रे/वालिङ:
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा रहेको प्रस्तावित कलेज हालसम्म पनि सञ्चालन आउन सकेको छैन ।
क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक १२० रोपनी जग्गा व्यवस्थापन भइसकेको छ भने क्याम्पसले सम्बन्धनको कामसमेत सकाएको छ । २०७४ सालमा सम्बन्धन पाएको कलेज सञ्चालनमा आउने तयारी भए पनि लामो समयदेखि अस्तव्यस्त भएको स्थानीयको आरोप छ । तत्कालीन जनसामूहिक प्राथमिक विद्यालय परिसरमा कलेज स्थापना हुन लागेको हो । स्थानीयहरुले आवश्यक जग्गा उपलब्ध गराएसँगै जग्गाको न्यूनतम मापदण्ड पूरा भएको वडा अध्यक्ष टोपलाल न्यौपानेले बताउनु भयो ।
कलेज स्थापनाको समयमा राजनैतिक विवादका कारण पटक पटक समिति बनेको भए पनि पछिल्लो समय सबै राजनैतिक दलहरु बिच सहमति रहेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । सबै दलको सहमतिमा नगरप्रमुख देवबहादुर खाण (ईश्वर)को संयोजकत्वमा समिति गठन भएको उहाँले बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र चापाकोट नगरपालिकाको आयोजनामा पटक पटक छलफल भएको भए पनि निष्कर्षमा पुग्न नसकिएको बताइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारले समेत क्याम्पस सञ्चालनमा प्रभावकारी चासो नदेखाएको स्थानीयको भनाइ छ ।
चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा गण्डकी र लम्बिनी प्रदेशका विद्यार्थीलाई राहत मिल्ने चापाकोट नगरप्रमुख खाणले बताउनुभयो । उहाँले कलेज सञ्चालनका विषयमा नियमित रुपमा लागिरहेको जानकारी दिनुभयो । पालिकाले अर्थ मन्त्रालय र विश्वविद्यालयसँग समन्वय गरिरहेका प्रमुख खाणको भनाइ छ । आफूहरु यो विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीसँगको समेत भेट गरिसकेको खाणले बताउनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


