लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
स्याङ्जा :
लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन सम्मानित पुनरावेदन अदालत पोखराको मिति २०६९ असार १७ गतेको फैसलाले ५ बर्ष कैद दश हजार) जरिवाना तोकिई फरार रहेका स्याङ्जाको फेदिखोला गाउँपालिका २ बस्ने बर्ष ३३ को विशन गुरूङलाई जिल्लाा प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा लुकिछिपी बस्दै आएका गुरुङलाई फेदिखोलाबाट पक्राउ गरी हिजो स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


