अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप प्रतियोगिता हुने
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौँ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स, सटफुट हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र/छात्रा हुने छ भने हाजिरीजबाफ, चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेसलगायतका प्रतिस्पर्धा हुने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा छ माविसहित २८ विद्यालयका ३३० जना विद्यार्थी सहभागी हुनेछन् । राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा भलिबलमा एक टिम सहभागी हुनेछ ।
समाचार
थप सामाग्री
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
२ महिना अगाडि
स्याङ्जा : स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ ।…


