स्याङ्जामा ईन्जिनियरलाई साढे चार लाख घुस सहित अख्तियारले समात्यो ।
प्रकाश डोटेल/ स्याङ्जा :
स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत ईन्जिनियर वसी अख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकम लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले नगद सहित मियाँलाई पक्राउ गरेको हो ।
बिरुवा गाउँपालिका ८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समिति अन्र्तगतको योजनाबाट रकम लिएका मियाँलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको रोशन खड्काको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ ।
रौतहट जिल्ला स्थाथ नगरपालिका ९ स्थायी घर भएका ईन्जिनियर मियाँ विगत लामो समयदेखि खानेपानी कार्यालय स्या्जामा कार्यरत थिए । पुतलीबजार नगरपालिका १ नारायणस्थानका स्थानीय अनन्त मरासिनीको घरमा बस्दै आएको भाडाको कोठाबाट रकम बुझ्दाबुझ्दै टोलीले पक्राउ गरेको थियो ।
स्थानीय ५७ घर परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराने उद्देश्यले आर्थिक वर्ष २०७३÷०७४ मा योजनाको सर्बे गरिएको थियो । कुल लागत २ करोड ६ लाख ११ हजार ८ सय रहेको योजनाको चालु आर्थिक वर्षमा २ लाख ३७ हजार विनियोजिन भएपनि २५ लाख बजेट थपिएको जिल्ला खानेपानी तथा सरसरफाई डिभिजन कार्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


