रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
वालिङ:
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग भवन वालिङमा सम्पन्न साधारण सभाको उद्दघाटन जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटिले गर्नुभएको थियो ।
साधारण सभाको उद्दघाटन गर्दै समन्वय प्रमुख जिटिले सहकारीमा पछिल्लो समय देखिएको समस्याप्रति सहकारीकर्मीलगायत सम्पुर्ण सचेत हुनुपर्ने बताउनुभयो । सहकारीको निति र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेमा सहकारी सहज रुपमा अगाडि बढ्ने भन्दै सहकारी बचत तथा ऋणमा मात्रै सिमित नभई उत्पादनमुलक कार्यमा समेत लाग्नुपर्ने बताउनुभयो । सहकारीले आफ्ना सदस्यहरुलाई सक्रिय रुपमा उत्पादनका क्षेत्रमा लाग्नको लागी अभिप्रेरित गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठले वर्तमान परिप्रेक्ष्यमा देखिएको सहकारीको समस्याका बारेमा जानकारी गराउँदै बुझेर मात्र लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी वालिङ साखाका कार्यालय प्रमुख टिकाराम अधिकारी, संस्थाका सल्लाहकार नरबहादुर पौडेल, सम्पुर्ण सहकारीहरुको तर्फबाट गाउँबेसि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, जेष्ठ सेयर सदस्य डिल्लीप्रसाद अर्याललगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डे, सचिव हुमनाथ अर्याल, कोषाध्यक्ष खिमानन्द पराजुली, लेखा संयोजक विष्णु भण्डारी र प्रबन्धक पदमराज रेग्मीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य ८१ वर्षका डिल्लीप्रसाद अर्याल र ७९ वर्षकी डिल्लीसरा भण्डारीलाई सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ठ नतिजा ल्याउने सेयर सदस्यहरुको छोराछोरी मध्येबाट ३।७० समान जिपिए प्राप्त गरेका नविन पाण्डे र स्नेहा गौँडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष मुक्तिप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डे र संचालन सचिव हुमनाथ अर्याल र शान्ता थापाले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय कलाकार जुनु एसके र सृष्टि विकले आफ्नो प्रस्तुति राख्नुभएको थियो । ११५१ सेयर सदस्य रहेको रिद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिननै सेवा प्रवाह गर्दै आएको छ । संस्थाले शनिबार तथा सार्वजानिक विदाका दिन समेत संस्था खुल्ला गरेर सेवा प्रवाह गर्दे आएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


