स्याङ्जामा भएकाे मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडीको मृत्यु
स्याङ्जा : गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर मृत्यु भएको छ ।
स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
२२ वर्षे सन्तोषको चापाकोट ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनामा परेको गण्डकी प्रदेश भलिबलका क्याप्टेन हरि पाण्डेले जानाकारी दिनुभयो । गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेल्नुभएका सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समते खेल्दै आउनुभएको थियो ।
गण्डकीका उदीयमान खेलाडी थापाले एपिएफबाट एनभिए, लामाचौर र किङ्स कप खेल्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


