दशै अवधिधर स्याङ्जाका ९८ शक्तिपीठमा ४ हजार भन्दा पाठापाठीको बली
स्याङ्जा :
दशैंको अवधिभर स्याङ्जाका विभिन्न शक्तिपीठहरुमा ४ हजार ३७ पाठापाठीको बली दिईएको छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्मको अवधिमा जिल्लाका ९८ वटा शक्ति पीठहरुमा उक्त पाठापाठीको बली दिईएको हो ।
एघार वटा पालिकाका शक्ति पीठहरुको तथ्याङ्क सङ्कलन गर्दा युवाहरुलागि नमुना बाख्रा गाउँ अभियान, स्थानीय जनप्रनिधिहरु, मन्दिर ब्यवस्थापन समितिको सहयोगमा जिल्लाभरको तथ्याङ्क लिदा सो तथ्यांक पाइएको अभियन्ता सुशील अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार ९८ वटा शक्ति पीठहरुमध्ये दुई वटामा पाठीको बली दिईन्छ भने अन्यमा पाठा तथा बोकाको बली दिने गरिएको उहाँले बताउनुभयो ।
बली दिंदा अनुमानित पाँच करोड ८५ लाख ३६ हजारको पाठापाठी बिक्री भएको र छिटफुट बाहेक सबैजसो पाठापाठी जिल्लाभित्रैबाट खपत भएको उहाको दावी छ । पछिल्ला बर्षहरुमा ब्यावसायिक बाख्रा पालन गर्नेतर्फ आर्कषण बढ्दै जादा जिल्ला बाख्रा तथा खसीमा आत्मनिर्भर भएको पनि उहाले भन्नुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


