गाउँमै आँखाको उपचार, बृद्धबृद्धा खुसी
अर्जुन काफ्ले/स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ । २० वर्षबाट आँखाको समस्याबाट पटक–पटक काठमाडौँ पुगेर उपचार गर्नु भएकी अर्यालले बुढेसकालमा घरबाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै उपचार पाउनुभएको हो ।
यहाँ एसोसिएसन अन्नपूर्ण नेपालले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा दरौखोला सामीप्य समाजको व्यवस्थापनमा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । पुतलीबजार नगरपालिका –१३ को महेन्द्र आधारभूत विद्यालयमा गरिएको शिविरमा काठमाडौँमा आँखाको उपचार गर्दा धेरै खर्च गरेको बताउँदै अर्यालले गाउँमा निःशुल्क सेवा पाएको बताउनुभयो ।
अर्यालजस्तै ७५ वर्षीय प्रेमबहादुर क्षेत्रीले पैसाको अभावमा १५ वर्षबाट उपचार नगरी बसेको र गाउँमै उपचार गरेको बताउनुभयो । उपचार गरेका अर्याल र क्षेत्रीको मोतियाबिन्दु भएको र अब पोखराको हिमालय अस्पतालमा अप्रेसन हुनेछ ।
पुतलीबजार नगरपालिका–१३ का वडा सदस्य सूर्यबहादुर रोकाले एक दिने आँखा शिविरमा पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाका २६३ बिरामीले सेवा लिएको बताउनुभयो ।
शिविरमा ६ जनामा मोतियाबिन्दु र एक जनाको आँखाको पर्दामा समस्या रहेको रोकाले बताउनुभयो । शिविर डा. सुदर्शन पौडेलको नेतृत्वमा ११ जनाको मेडिकल टोलीले गरेको थियो भने यहाँ उपचार गरेका सबै बिरामीलाई निःशुल्क औषधि दिइएको थियो । शिविरमा बच्चादेखि वृद्धाहरू उपचारका लागि आएको र वृद्धाहरूले गाउँमै उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । गाेप
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


