जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पमा जाजरकोट, रुकुमपश्चिम, दैलेख र जुम्ला जिल्लाका १६६ जना घाइते भएका छन् । जसमध्ये पाँच जना डिस्चार्ज भएका छन् । बाँकी १६१ जनामध्ये ३२ जनाको भेरी अस्पताल नेपालगन्ज, २४ जनाको प्रदेश अस्पताल सुर्खेत, सात जनाको टिचिङ अस्पताल काठमाडौँ र बाँकीको जाजरकोट, रुकुमपश्चिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


