वालिङको वडा प्रहरी हिरासत भित्रै कुटपिट भएको भन्दै प्रशासन र मानवअधिकार आयोगमा उजुरी ।
वालिङ २२, असोज :
वडा प्रहरी कार्यालय वालिङमा थुनुवा माथि यातना दिएको भन्दै पिडितहरुले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी गरेका छन् ।
गत भदौ २६ गते वालिङ स्थित एक होटलमा भएको कुटपिटको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङवाट आएको टोलीले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको अवस्थामा उनीहरु माथि चरम यातना र कुटपीट गरेको पिडितहरुको आरोप छ । पिडितहरुले आफूहरुलाई प्रहरी कार्यालय भित्रै हतकडी लगाएर चरम यातना र कुटपिट गरी घाईते बनाएको भन्दै जिल्ला प्रशासन र मानवआधिकार आयोग समक्ष उजुरी गरेको जानकारी गराएका छन् ।
घटनामा वालिङका अशोक श्रेष्ठ, दिपेन्द्र अर्याल, रेशमवहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो । हिरासतमा रहेकै अवस्थामा राती १ बजे सम्म हतकडी लगाएर वाहिर उभ्याएर राखेको र थुनामा रहेका अर्याललाई चरम कुटपिट गरी घाईते वनाएपछि अर्यालको उच्च रक्तचाप भएपछि तत्काल गह्रौ ध्याङलिङ अस्पतालमा उपचारको लागि लगेको वुझिएको छ । अस्पतालले उनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि वुटवल रिफर गरेको पिडितको भनाइ छ । अर्याल एक हप्तापछि उपचार गरेर पुन प्रहरीको सम्पर्कमा पुगेका थिए । उनको शरिरमा निलडाम र खुट्टामा गहिरो चोट लागेको थियो ।
कुटपिटको मुद्दामा रहेका उनीहरुको अदालतले सामान्य धरौटीमा छाडेपछि उनीहरुले न्यायको लागि जिल्ला प्रशासन र मानवअधिकार आयोगमा उजुरी गर्न पुगेका हुन् । हिरासतमा रहेका वेला प्रहरी निरिक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको पिडितहरुको आरोप छ । कुटपिट गर्ने क्रममा बञ्जराले मोवाईलमा भिडियो कल गरेर प्रशान्त श्रेष्ठलाई देखाएको पिडितको निवेदनमा उल्लेख गरिएको छ ।
प्रहरीले नियन्त्रणमा लिइसकेपछि हिरासत भित्र कुटपिट लगायतका यातना दिन नपाइने कानुनी मान्यता रहँदा पनि यस्ता घटना बाहिरिनुले प्रहरी प्रतिको विश्वासमा शंका उत्पन्न भएको स्थानीयहरु वताउँछन् । घटनाको सत्य तथ्य छानविन गरी दोसि प्रहरीलाई कारवाही गरिनुपर्ने उनीहरुको माग छ । यस विषयमा वालिङका केही स्थानीयले केही दिन अगाडि वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक इकवाल हवारी र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई समेत ध्यानाकर्षण गरेको वताएका छन् ।
घटनाका विषयमा मानवअधिकार आयोगले पिडितको अस्पतालको रिपोट समेत झिकाई अनुसन्धान सुरु गरेको वताएको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


