स्थानीयतहका कर्मचारीबाट ‘पेन डाउन’
स्याङ्जा ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रेका स्थानीयतहका कर्मचारीले शुक्रवारदेखी पेन डाउन गरेर बिरोधमा उत्रेका छन् । स्याङ्जाका ११ ओटै स्थानीयतहका कर्मचारीहरुले शुक्रवार हातमा कालो पट्टी बाँधेर अत्यआवश्यक काम बाहेक सेवा ठप्प गरेर आन्दोलनमा उत्रेका हुन् । पालिकाको मुलगेटमा कालो ब्यानरमा बिरोध जनाउदै हातमा प्लेकार्ड बोकेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाव दिएका छन् । शुक्रवार स्याङ्जाका ९७ वटै वडा र ११ ओटै पालिकाबाट कुनै सेवा प्रवाह नभएको स्थानीयतह कर्मचारी संघर्ष समिति स्याङ्जाले जनाएको छ ।
सामान्य सिफारीस समेत स्थानीयतहका कर्मचारीले नगरिदिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरुले एकिकृत निजामती सेवा ऐन जारी गर, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर, अन्तर प्रदेश सरुवा लागु गर, तिनैतहका कर्मचारीलाई निजामती परिभाषामा समाबेस गर भन्दै पालिकाका मुल गेटमा नाराबाजी गरेका थिए । स्थानीयतह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरे बमोजिम शुक्रवारबाट अनिश्चित कालिन सेवा प्रवाह ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको वालिङका संयोजक भुवानी तिवारीले बताए । ‘अनुसार केन्द्रीय समितिले सबै कर्मचारीलाई काठमाण्डौ केन्द्रीत् हुन आव्ह्रान गरेको छ’ उनले भने,‘केन्द्रमा पुग्न नसक्ने साथीहरुले आ—आफ्नो स्थानीयतहमा आन्दोलन कायम राख्ने निर्देशन छ ।’ सोही मुताविक शुक्रवार देखी हामीले हातमा कालो पट्टी बाँधेर पेन डाउन गरेका हौं उनले भने ।
स्याङ्जाका स्थानीयतहका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र पठाइसकेका छन् । सरकारले हाम्रा मागलाई सम्बोधन नगरेमा अझै थप कडाईका साथ आन्दोलनमा उत्रन सक्ने चेतावनी पनि दिदै आएका छन् । वडातह र पालिका स्तरबाट हुने सिफारीस देखी अन्य सेवा प्रवाह ठप्प हुदा सेवाग्राही ठुलो मर्कामा परेका छन् भने प्रशासन, मालपोत कार्यालयमा समेत काम ठप्प जस्तै हुन पुगेको छ ।
विभिन्न माग सहित प्लेकार्ड बोकेर वालिङ नगरपालिकाको मुल गेटमा आन्दोलन गरिरहेका स्थानीयतहका कर्मचारीहरु ।
तस्विर : श्रीकृष्ण सिग्देल/स्याङ्जा
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


