पर्वतमा तीन यात्रुसहित बाढीले बगायो जिप ।
पर्वत :
भीषण वर्षासँगै मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–७ को तमादीखोलामा एउटा जिप बगेको छ । साँझ ७ बजेतिर बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ६२१३ को टाटासुमो जिप तमादीखोलाले बगाएको हो ।
खोलाको बीचभागमा जिप फसेको र चालकले ओट लगाउने क्रममा माथीबाट गेग्रान सहितको हिलो आएर बगाएको पर्वत प्रहरी प्रमुख खुमलाल भुसालले बताए । घटनास्थलमै रहेका भुसालका अनुसार जिपमा चालकसहित ४ जना सवार थिए ।
बागलुङको धौलागिरि काउन्टरबाट एकजना तथा अन्य दुई जना बाटोबाटै चढेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको भुसालले बताए ।
वर्षा भइरहेकोले हराएकाहरुको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । हराएका सबै पुरुष भएको र उनीहरुमध्ये कसैको पनि सनाखत हुन सकेको छैन ।
घटनास्थलमा प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी उद्धार तथा खोजीकार्यमा संलग्न छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


