स्याङ्जाका स्वास्थ्य संस्थामा उपचार सेवा बन्द
स्याङ्जा :
सरकारी स्वास्थ्य संस्थाले ओपीडी सेवा बन्द गरिदिदा बिरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरु माथी कुटपिट गरिएको भन्दै स्वास्थ्य संस्थाले आकस्मिक सेवा बाहेक ओपीडी सहित सबै सेवा बन्द गरिदिदा बिरामीहरु मर्कामा परेका हुन् । ११ ओटै पालिकाका स्वास्थ्य संस्थाहरुको ओपीडी सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । हेटौडा स्थित सन्चो अस्पतालका डा.विकास थापा र डा.प्रसान्त विडारी माथी ज्यानै लिने मनसायले गरिएको आक्रमणबाट गम्भीर घाइते बनाइएको बिषयमा नेपाल चिकित्सक संघको आब्ह्रानमा स्याङ्जाका स्वास्थ्य संस्थाहरुले आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका छन् ।
सरकारले घट्नामा संलग्नलाई अहिले सम्म पक्राउ नगरेको भन्दै स्वास्थ्य संस्थाको सेवा ठप्प पारिएको स्वास्थ्य संस्थाहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा बिरामीलाई पर्न गएको असुविधा प्रति समेत क्षम याचना पनि गरिएको छ । स्याङ्जाको सबैभन्दा बढी बिरामीको चाप हुने गह्रौ अस्पताल र जिल्ला अस्पतालले विज्ञप्ती जारी गरेर आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको सुचना टास गरेपछि उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन् । बिरामीहरु नीजि क्लिनीकमा गएर उपचार गर्न बाध्य भएको बताइएको छ ।
भदौ २७ गते हेटौडाको सन्चो अस्पतालका दुई डाक्टर माथी स्थानीयले गम्भिर घाइते बनाएर कुटपिट गरेका थिए । सोही बिषयलाई लिएर चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


