ज्युँदा सहीद स्याङ्जाका खगेन्द्रराज रेग्मी सम्मानित ।
स्याङ्जा :
ज्युँदा सहीदका रुपमा परिचित स्याङ्जा जिल्लाका खगेन्द्रराज रेग्मीलाई विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सम्मान गरेको छ ।
लामो समयदेखि विपी सिद्धान्तलाई आत्मसात गर्दै प्रजातन्त्रका पक्षमा काम गरेका रेग्मी स्वास्थ्य अवस्थाका कारण यही भदौ २४ गते विपी जयन्तीका अवसरमा गरिएको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपछि उहाँ हाल रहेकै स्थानमा पुगी सम्मान गरिएको हो । रेग्मी हाल स्वास्थ्यलाभका लागि भरतपुरस्थित पारसनगरमा आफन्त विश्वराज पौडेलको निवासमा आराम गरिरहनुभएको छ ।
सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफुले रेग्मीको हरेक सुखदुःखमा साथ दिएको र उहाँले पनि आफ्ना हरेक सुखदुःखमा साथ दिएको अनुभव व्यक्त गर्नुभयो ।
टोल टोलमा पुगी जनताको जीवनमा परिवर्तन ल्याउन रेग्मीले महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रको पक्षमा अहोरात्र खटेर काम गर्नुभएको र कहिल्यै विश्राम नलिनुुभएको जानकारी गराउनुभयो ।
रेग्मीलाई जतिसुकै अप्ठेरो परिस्थितिमा श्रीमतीले साथ दिनुुभएको उहाँले स्मरण गर्नुभयो । वर्तमान अवस्थामा नेपाली काँग्रेस र प्रजातन्त्र दुवै संकटमा पुगेको उल्लेख गर्दै उहाँले रेग्मीको पुनः एकपटक योगदान चाहिएको बताउनुुभयो ।
लामो समयदेखि पार्टीमा लागेका, प्रजातन्त्रका पक्षमा लडेका परिवारलाई नेतृत्वमा पु¥याउन सकेमा प्रजातन्त्रको भविष्य अझ सुन्दर बन्ने उहाँले आशा व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका महामनत्री विष्णु लामिछानेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीले पुर्याएको योगदान भावी पुस्तका लागि प्रेरणादायी भएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य राजु थापाले रेग्मीको जीवनी र व्यक्तित्व बारे प्रकाश पार्दै स्याङ्जाको इतिहासमा ज्युदा सहीद रेग्मीले जिल्लामा तीन कार्यकाल पार्टीको नेतृत्वमा रहेर काम गर्नुभएको स्मरण गर्नुभयो ।
प्रतिवन्धित अवस्थामा पनि नेपाली काँग्रेसलाई क्रियाशील बनाउन निरन्तर लाग्नुभएको बताउँदै उहाँले द्वन्द्वको समयमा सशस्त्र माओवादीबाट गोली चली घाइते भएका रेग्मी एउटा सानो प्रयासबाट हामी माझ रहनुभएको उल्लेख गर्नुुभयो ।
विपीबाट प्रशिक्षित रेग्मीले प्रतिवन्धको कुनै वास्ता नगरी बनारस पुगेर विपीलाई भेटी पुन गाउँमा नै आई घरघर पुगी संगठनलाई मजबुद बनाउन दिनरात नभनी खटेको स्मरण गर्नुभयो ।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधव प्रसाद बाँस्तोला (मधु)ले गण्डकी प्रदेश भित्र छरिएर रहेका प्रजातन्त्रका सेनानीहरु मध्ये प्रत्येक जिल्लाका एक एक जना गरी ११ जना व्यक्तित्व छनौट गरिएको बताउनुुभयो । योगदान गरेको व्यक्तिको भविष्यमा एउटा ऐतिहासिक दस्तावेज होस् भन्दै कोष खडा गरी सम्मान गर्ने प्रक्रिया थालिएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् प्रचारप्रसार विभाग उपप्रमुख तथा पुस्तकालका कोषाध्यक्ष शिरोमणि यसलाई आगामी दिनमायस किसिमका गतिविधिलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । पुस्तकालयलाई विपीको सिद्धान्तलाई तालिम, प्रशिक्षण दिने स्थलका साथै अध्ययन अनुसन्धानको केन्द्र समेत बनाइने उहाँले बताउनुभयो ।
पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला(मधु) को अध्यक्षता एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य तथा कृषि उद्यमी खुमा अर्याल, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका मुख्य सचिव पदम श्रेष्ठ, स्याङ्जाका उपसभापति केदार काफ्ले, नेपाली कांग्रेस भीरकोट नगरपालिकाका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), नेपाली काग्रेस गण्डकी प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला, नेपाली काँग्रेस चितवन पारसनगरका नेता विश्वराज पौडेल लगायतको उपस्थिति थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


