स्याङ्जामा लागु औषध सहित दुई युवा पक्राउ ।
वालिङ, भदौ २४ गते ।
स्याङ्जामा लागु औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका १० भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जादै गरेको ग.२ ख. ५१५ नं. को बसमा यात्रा गरिरहेका दुई युवालाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १५ रामबजारका १७ बर्षीय शिव बस्नेत र स्याङ्जाको विरूवा गाउँपालिका वडा नं. २ अर्चलेका २२ को अजय राना रहेकाछन् ।
उनीहरुको साथबाट डाईजेपाम ५० एम्पुल, फेनारागन ५० एम्पुल र नोफिन ५० एम्पुल गरी १५० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


