आईएमई लाइफ इन्स्योरेन्सको छैठौं वार्षिकोत्सव अवसरमा बृद्धाश्रमलाई सहयोग
वालिङ :
आईएमई लाइफ इन्स्योरेन्सको छैठौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमबीच वालिङ शाखाले राम्दी स्थित आश्रमलाई सहयोग गरेको छ। छैठौं वर्ष पूरा भई सातौं वर्षमा प्रवेश गरेको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स वालिङ शाखाले स्याङ्जा र पाल्पा जिल्लाको सिमाना गल्याङ नगरपालिका –१ रामनदीधाम स्थित श्री शिव पार्वती वृद्धाआश्रम तथा बहुउद्देश्यीय संस्थालाई सहयोग गरेको हो ।
उक्त इन्स्योरेन्सको वालिङ शाखाले आफ्नो संस्थागत, सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुलाई १० हजार बराबरको सिलिङ पंखाहरु, नगद र फलफुल सहयोग गरेको आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले बताउनुभयो।

उहाँले मानिसको जोखिम न्यूनीकरण गर्न आईएमई लाइफ इन्स्योरेन्सको महत्त्वपूर्ण योगदान रहेको कुरामा प्रकाश पार्नुभयो । त्यस्तै बीमा सचेतनामार्फत जोखिम हटाउन बीमा गर्नुको महत्त्वको विषयमा आईएमई लाइफ इन्स्योरेन्स आक्रमक ढंगले अगाडि बढेकै कारण यस क्षेत्रबाट धेरैको बाँकी जीवन आर्थिक रुपमा सुरक्षित भएको कुरामा प्रदेश प्रमुख पौडेलले जोड दिनुभयो।
कार्यक्रममा संस्थाको बारेमा बोल्दै वृद्धआश्रमका उपाध्यक्ष अर्जुन खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलको प्रमुख आतिथ्यता साथै पदम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन वालिङ शाखाकी प्रबन्धक धना अर्यालले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


