हरियाली चापाकोट अभियानलाइ रोटरी क्लब नक्साल शक्तिको सहयोग
गोपिकृष्ण रेग्मी,
चापाकोट-१८ साउन । हरियाली चापाकोट अभियानलाइ सहयोग गर्न रोटरी क्लब नक्साल शक्ति काठमाडौले चापाकोट वृक्षारोपण अभियानमा सहयोग गरेको छ ।
रोटरी क्लब नक्साल शक्ति काठमाडौको आयोजनामा चापाकोट नगरपालिका वडा न ९ सितलपार्क क्षेत्र भित्र आप,लिचि अमला,गुल्मर,कल्की पारिजात लगाएतका फलफुलको विरुवा रोपिएका हुन ।
नगर प्रमुख देवबहादुर खाणकोे नगरपालिकालाई फलफुलमा विशेष गरि आँप लिची कागती कटहर जस्ता फल र सडक किनारामा कल्की ,पारिजात, गुल्मर जस्ता फुलहरु रोपेर सुन्दर नगर बनाउने अभियानमा जुटिरहेका बेला रोटरी क्लवले ५ सय बिरुवा रोपेर सहयोग गर्ने उदेश्यबाट चापाकोट आएकोले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

नगर प्रमुख खाणले हामीलाई सामाजिक सस्था र स्थानीय नागरिकको सहयोगमा केही बर्षमा सुन्दर चापाकोट नगर बनाउने अभिलाषा पूरा हुने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष कृष्ण सुवेदी डा.उज्ज्वल कोइराला ,तिलक पौडेल, लगाएतले पार्क सफा राख्न सबै जुटनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।क्लब अध्यक्ष डा.लुना अर्यालले आफुले फेसबुकबाट ६ गते देखि हरियाली चापाकोट अभियान थाहा पाएपछि हातेमालो गरेर सहयोग गर्न चापाकोट आएको बताउनुभयो ।
क्लबका अध्यक्ष डा. लुना अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चापाकोट शितल पार्क समितिका अध्यक्ष विशाल भट्टराईले स्वागत एवं रामु बस्यालले सन्चालन गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


