नौ बुँदे कार्यान्वयनको माग गर्दै स्याङ्जाका निर्माण ब्यवसायी धर्नामा
स्याङ्जा १४ साउन :
स्याङ्जाका निर्माण ब्यवसायीले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको मुख्य प्रवेशद्धारमा बसेर धर्ना दिएका छन ्।
निर्माण ब्यवसायी संघ स्याङ्जामा आवद्ध पदाधिकारी एवं सदस्यहरुले बिभिन्न ९ बुदे माग सहित आइतवार प्रशासनमा धर्ना दिएका हुन ्।
निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायत ९ बँुदे माग राखेर धर्ना गरिएको निर्माण ब्यवसायी संघ स्याङजाका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधनगरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यबृद्धिलाई सम्बोधन हुनेगरी समयोजन गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने माग उल्लेख छन्।
यसैगरी, चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कारवाही रोकिनुपर्ने, विमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्य अभिबृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्तले राजश्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने ब्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनुपर्ने माग रहेका छन्।
धर्नामा सचिव हनिफ मिया, सहसचिव राजु अधिकारी, कोषाध्यक्ष बिष्णुप्रसाद पोखरेल, सदस्य जगत कोइराला लगायतले काम गरेपछि पनि बिल भुक्तानी नभएको जनाउदै तत्काल समस्या समाधान गर्न सरोकारावालालाई आग्रह गर्नुभयो ।
शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरे थप आन्दोलन चर्काउने समेत उहाहरुका भनाई छन् ।
बिभिन्न माग गर्दै निर्माण ब्यवसायी संघ स्याङ्जाले ३ दिनअघि प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेलाई ज्ञापनपत्र पत्र बुझाउदै समस्याका बारेमा जानकारी गराइसकेको जनाएका छन्। जिल्ला संघले निर्माण ब्यवसायी महासंघको परिपत्र अनुरुप ज्ञापनपत्र, धर्नाका कार्यक्रम गर्दै आएका बताएका छन्।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


