पुतलीबजारले राख्यो सहिदचोकमा सुन्तलाको प्रतिमा
स्याङ्जा : पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाको प्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठसहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ।
सदरमुकाम सहितको पुतलीबजार नगरपालिका-१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो।
नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा निर्माण गरेका हुन्। करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी करिब ५ लाखको लागतमा निर्माण गरिएको हो।
समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयाे ।
सिद्धार्थ राजमार्गमै पर्ने सहिद चोकमा ‘एउटा सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


