मध्य असार सम्म स्याङ्जामा १५ प्रतिशत रोपाई
स्याङ्जा :
मध्यअसार सकिदा पनि स्याङ्जामा यसबर्ष १५ प्रतिशत मात्र रोपाईँ सकिएको छ । यसबर्ष समयमै पर्याप्त वर्षा नहुँदा मध्य असार आइसक्दा पनि जिल्लाभर १५ प्रतिशत मात्र रोपाईँ सकिएकोे कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।
पानीको अभावमा बाँझा खेत पनि रोपाई हुन सकेको छैन। जिल्लामा जेठ अन्तिम साताबाटै रोपाइँ गरिन्छन्। गत वर्ष भने यही समयमा २० प्रतिशत रोपाइँ सकिएको थियो । मुल फुट्नेगरी पानी नपरेको किसानहरुका भनाई छन् । सिंचाई पुगेका खेतमा भने धान रोपिएका छन्। यसबर्ष साउनको अन्तिमसम्म रोपाईँ हुने अनुमान गरिएको छ ।
जिल्लाको माथिल्ला भेग पुतलीबजार नगरपालिका सहित फेदिखोला, आँधीखोला गाँउपालिकाहरुमा १५ देखि २० प्रतिशत रोपाइँ सकिएको छ। यहाँ बर्षा पनि बढी हुन्छ । जिल्लाको तल्लो भाग, जहाँ बर्षा कम हुन्छ। चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा २ प्रतिशत रोपाइँ भएको छ। यसैगरी, वालिङ र भीरकोट नगरपालिकामा भने ८प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।
अधिकांश किसानले उन्नत जातको धान रोप्ने गरेका छन ्। सावित्री, सुनौलो सुगन्ध लगायतका उन्नत जातका धान रोप्न किसानले रुचाएको देखिन्छ । यहाँका १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेली लगायतका धान रोप्ने गरिएको छ भने १५ प्रतिशत क्षेत्रफलमा हाईब्रिट जातका धान लगाउने गरेको कार्यालयको भनाई छ ।
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र मानिन्छन् ।
पुतलीबजार, वालिङ, चापाकोट नगरपालिका सहित दहथुम, स्वरेक, खिलुङ, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ धान प्रमुख उत्पादक क्षेत्र हुन । जिल्लाको अन्नभण्डारका रुपमा चापाकोटलाई चिनिन्छ। यहाँ राईंका फाँटमा झैं धान लगायत अन्य अन्न र फलफूल उत्पादन गरिन्छन । File-Pic
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


