हरिशयनी एकादशीमा स्याङ्जाका धार्मिक स्थलहरुमा भक्तजनको भिड
वालिङ, १४ असार ।
हरिशयनी एकादशीमा स्याङ्जाका विभिन्न धार्मिक स्थलहरुमा भक्तजनहरुको भीड रह्यो । बिहानै नजिकैको धार्मिक तिर्थस्थलमा गई स्नान गरी घरमा आएर तुलसीको विरुवा सार्ने चलन हिन्दु धर्मावलम्बीहरुमा रही आएको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा अवस्थित सेतीवेणी शीला, पाल्पा र स्याङ्जाको संगमस्थलमा अवस्थित रामनदीधाम (राम्दी), छर्तिघाट, हुँगीघाट, उत्तरबाहिनी मालुङ्गा, आँधीघाट, ज्याग्दीघाट, केलादीघाट विशेषगरी कालीगण्डकी नदी किनारमा भीड लाग्ने गर्दछ । त्यस्तैगरी छायाँक्षेत्र शिवमन्दिर (छाङ्छाङ्दी), डहरे देउराली, पञ्चासे लगायतका स्थलहरुमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको थियो ।
मन्दिरमा पूजाआजा गर्न आउने दर्शनार्थीहरुको भीड लाग्ने भएकाले पूर्व तयारीसहित विभिन्न उपसमितिहरु बनाएर ब्यवस्थित गरिएको छायाँक्षेत्र शिवमन्दिर ब्यवस्थापन समितिले जनाएको छ । छाङछाङ्दीमा जस्तै जिल्लाका धार्मिक आस्थासँग जोडिएका मठमन्दिरहरुमा दर्शनार्थीको सहजताकालागि ब्यवस्थापन गरेका थिए ।
यसैबीच वर्षायाममा नदी तथा खोलामा स्नान गर्न जाँदा विशेष सुरक्षा सावधानी अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेका छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलको बिरुवालाई आज घरमा रहेको तुलसीको मठमा रोप्ने गरिन्छ । भगवान विष्णुको स्वरुपकारुपमा लिईने तुलसीको हरिबोधनी एकादशीका दिन बिहे गर्ने चलन रही आएको छ । वैज्ञानिकरुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाईने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिकारुपमा समेत प्रयोग गरेको पाईन्छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


