फोहोर व्यवस्थापनका लागि डस्विन वितरण
वालिङ :
वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्विन वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ स्थित भीमटारी सामुदायिक सिकाई केन्द्रले वडाका टोेल विकास संस्था तथा क्लबहरुलाई स्वास्थ्य प्रशिक्षण दिनुका साथै तथा डस्विन वितरण गरेको हो ।
कार्यक्रममा डस्विन वितरण गर्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले परिवारका प्रत्येक सदस्यले आँफूले गरेको फोहर आँफै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । हामीले आँफूले गरेका फोहर अरुलाई सफा गर्न लगाएर होइन आँफैले व्यवस्थापन गरेर मात्र व्यवस्थित हुने बताउनुभयो । जबसम्म नगरवासी सचेत हुन सक्दैनन् तवसम्म सरसफाई हुन नसक्ने उहाँको भनाई थियो । सबैभन्दा पहिला हामी आँफै सचेत हुनुपर्छ त्यसपछि मात्र सरसफाई व्यवस्थापनमा सफलता मिल्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
२०६७ सालदेखि सर्वदलीय संयन्त्रले सुरु गरेको वालिङको सरसफाई व्यवस्थापन कार्यक्रमले देश तथा विदेशमा चर्चा पाएको नगरप्रमुख खाँणले बताउनुभयो । मुलुक यो ठाउँसम्म आउनुमा महिलाहरुको अहम भूमिका छ । कतिपय पुरुषबाट विगारिएका कामहरु महिलाले सुधारेका उदाहरणहरु धेरै छन् । सरसफाई व्यवस्थापनमा पनि महिलाहरु धेरै अगाडि रहेको उहाँको भनाइ थियो ।
प्रत्येक टोलमा आमाहरुसँगै हामी सबै सरसफाईमा लाग्न भएमा सफलता मिल्ने बताउदै समाजसंगै सरसफाई व्यवस्थापनमा बालबालिकाहरुलाई सानैदेखि सिकायौं भने हाम्रो घर परिवार समाज सरसफाई हुने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा ३३ थान डस्विन वितरण गरिएको थियो । वडाका २५ टोल विकास संस्था र ८ क्लबलाई गरी ३३ वटा डस्विन वितरण गरिएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


