गण्डकी : सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख बजेट
कास्की — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।
बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ । वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


