चापाकोट नगरपालिकाबाटै श्रम स्वीकृति
सुनिल न्यौपाने/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिकाले श्रम स्वीकृती दिन सुरु गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत आइतबारबाट श्रम स्विकृती दिन थालेको हो। पहिलो सेवाग्राहीका रुपमा आउनुभएका चापाकोट नगरपालिका ८ का भुवन प्रसाद ढकाललाई नगर प्रमुख देव बहादुर खाँणबाट श्रम स्वीकृति प्रदान गरि सेवा शुभारम्भ गरिएको हो। ढकाललाई नगर प्रमुख खाँणले श्रम स्विकृतीको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित र भरपर्दो तथा पारदर्शी एवं सहज बनाउन सेवाग्राहीहरुलाई स्थानीय तहबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप चापाकोट नगरपालिका, रोजगार सेवा केन्द्रबाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरीएको छ । स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति पाउदा ढकालले खुशी लागेको बताउनुभयो।
चापाकोट नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक प्रेम रेग्मीले व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


