लायन्स क्लवको सक्रियतामा फरक क्षमताका व्यक्तीलाई ह्विलचियर प्रदान ।

आँधीखोला खवर/वालिङ :
फरक क्षमता भएका व्यक्तीहरुरुलाई ह्विलचियर प्रदान गरिएको छ । लायन्स क्लब वालिङ सिटी, लायन्स क्लब अफ पोखरा गण्डकी र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका भित्र रहेका फरक क्षमता भएकालाई ह्विल चियर प्रदान गरिएको हो । नगरपालिका क्षेत्रका १६ जनालाई ह्विल चियर प्रदान गरिएको हो ।

ह्विल चियर प्रदान गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले फरक क्षमता भएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्ने भन्दै सकरात्मक सोँचले नै समाज परिर्वतन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लवका चिफ डिस्ट्रिक एडभाईजर धु्रव श्रेष्ठ, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, डिर्पाटमेन्ट चिफ विमला श्रेष्ठ, सिनियर एडभाईजर चण्डीप्रसाद अर्याल, जोन चियर पर्सन चेतनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो । लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष मोना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लायन्स क्लब अफ वालिङका अध्यक्ष विष्णु सुवेदीले गर्नु भएको थियो त्यस्तै कार्यक्रमको सञ्चालन क्लबका प्रथम उपाध्यक्ष एवं वर्ष २०१९÷०२० का इलेक्ट प्रेसिडेन्ट देवेन्द्र प्रसाद भट्टराईले गर्नुभएको थियो भने धन्यवाद स्वास्थ्य शाखाका कर्मचारी मणिप्रसाद पंगेनीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


