आँधीखोलाको सरसफाई प्रभावकारी बन्दै, जिल्लाका अन्य भागमा पनि शुरु भयो अभियान

वालिङ :
आँधीखोला सरसफाईको २१ औँ हप्ता भएको छ । पछिल्लो समय प्रभावकारी बन्दै गएको आँधीखोला सरसफाई अभियानमा युवाहरुको सक्रिय सहभागिता रहदै आएको छ । वालिङका युवाहरुको सक्रियतामा शुरु गरिएको अभियानमा सवैको सहभागिता बढ्दो रहेको छ । शनिवार वालिङ ९ स्थित आँधीखोला परिसरमा सरसफाई गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको अस्तित्वलाई जोगाउन यहाँका केहि युवाहरु मिलेर आँधीखोला सरोकार मञ्च गठन गरि सरसफाई अभियान शुरु गरेका हुन् । पछिल्लो समय वालिङमा बजारीकरण तथा मानिसको जनघनत्व बढेसंगै धार्मिक महत्वको आँधीखोला सरसफाई बिर्सजन स्थल बन्दै गएको छ ।
आँधीखोलालाई सफा तथा स्वच्छ राखी धार्मिक गन्त्व्यको रुपमा विकास गर्नका लागी आजभन्दा ६ महिना अगाडि आँधीखोला सरोकार मञ्च मार्फत सरसफाई अभियान संचालन गरिएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । २१ हप्तासम्म आईपुग्दा यहाँका विभिन्न समुह, क्लब, सहकारी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वालिङ ८ सुर्कौँदीबाट सरसफाई अभियान शुरु गरिएको थियो ।

वालिङ स्थित आँधीखोलामा सरसफाई गरिदै
वालिङ स्थित आँधीखोलामा सरसफाई गरिदै

आँधीखोलाको सभ्यता जोगाउनका वालिङ १३ का युवाहरु पनि जुटेकाछन् । आँधीखोलाको तिरमा रहेका शिवालय मन्दिर परिसरबाट गत हप्ता शुरु भएको अभियानमा युवाहरुको राम्रो उपस्थिती रहेको छ ।
युवाहरुको सक्रियतामा हामीले हप्ताको दुई घण्टा आँधीखोला सरसफाई गर्न र सचेतना कार्यक्रम गर्न जुटेका छौं युवा अर्जुन गौतमले भन्नुभयो । युवाहरुको सक्रियताले सार्थकता पाउनेमा हाफूहरु विश्वस्त रहेको बताउदै गौतमले आँधीखोला संरक्षणका लागि सवै जुट्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै वालिङ १ मा पनि आँधीखोला तथा मिर्दिखोला सरसफाई अभियान तिव्र पारिएको छ । रामबाच्छा बजार भएर बग्ने अर्मादीखोलाको सरसफाईमा बजारबासी जुटेको वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो ।

वालिङ १ स्थित अर्मादीखोलामा सरसफाई गरिदै
वालिङ १ स्थित अर्मादीखोलामा सरसफाई गरिदै

यता आँधीखोला सरोकार मंचले आँधीखोला सरसफाई राख्नका लागी सरसफाई अभियानसंगै जनचेतनामुलक ¥याली, माईकिङ समेत गरी नागरिकस्तरमा चेतनाको विकास गर्ने प्रयास गरिरहेको छ ।
श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको आँधीखोलाको धार्मिक महत्व रहेतापनि सहि संरक्षण तथा संर्वद्धन हुँन नसक्दा खोलाको महत्व कम हुँदै जाने, खोलामा भएका जलचर प्राणी संकटमा आउने र वातावरणीय प्रदुषण हुने भन्दै युवाहरुले सरसफाई तथा संरक्षण अभियान थालेका हुन ।
उता फेदीखोलामा पनि युवाहरुको सक्रियतामा फेदीखोलाको सरसफाई कार्यलाई तिव्रता दिईएको छ । युवाहरुको सक्रियतामा शुरु भएको अभियान तेस्रो हप्तामा पुगेको पुष्पराज शर्माले जानकारी दिनुभयो ।

फेदीखोला गाउँपालिका स्थित फेदीखोलाको सरसफाई गरिदै
फेदीखोला गाउँपालिका स्थित फेदीखोलाको सरसफाई गरिदै
वालिङ १३ स्थित आँधीखोलाको सरसफाई गर्दै युवाहरु
वालिङ १३ स्थित आँधीखोलाको सरसफाई गर्दै युवाहरु
Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP