डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे, पेट्राेलकाे यथावत्
काठमाण्डाै :
सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।
निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…