पाल्पाको निस्दी गाउँपालिकामा सौर्यबत्ति वितरण ।
आधिखोला खवर / पाल्पा :
प्रदेश नम्बर ५ सरकारले पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा सौर्यबत्ती वितरण अभियान थालेको छ । पाल्पामैै पहिलो पटक निस्दी वडा न.४ मा सौर्यऊर्जा मार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको हो । प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी वडा न. २ सहलकोटमा पनि वितरण गरेको छ ।

प्रदेश नम्बर ५ सरकारले निस्दी गाउँपालिका जिल्लाकै विकट भेग मनिएकाले तत्कालै विद्युत् सेवा विस्तारका निम्ति समस्या भएकाले हाल सौर्यबत्ती प्रदान गरिएको प्रदेशसभा सदस्य युवराज खनालले जानकारी दिनुभयो ।
निस्दीका केही स्थानमा सामुदायिक विद्युतीकरणको काम पनि हुँदै गरेको जानकारी दिँदै उहाँले त्यस क्षेत्रका नागरिक न्यून आयस्तरका भएकाले सौर्यबत्तीको माग समेत बढेको बताउनुभयो । निस्दी वडा नं २, ६, ७ लगायत क्षेत्रमा सौर्यबत्ती वितरण कार्यक्रम रहेको उहाँको भनाइ थियो ।
निस्दीकै केही भेकमा खम्बामार्फत बालिने सौर्यबत्तीसमेत प्रदान गर्ने योजना रहेको प्रदेशसभा सदस्य खनालले जानकारी दिनुभयो ।
सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका सौर्यबत्ती प्रदान गरिएको स्थानीयवासी गगनसिंङ दर्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नम्बर ५ सरकारको ९० प्रतिशत अनुदानमा सौर्यबत्ती प्रदान गरेको हो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


