पुतलीबजार नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिले नियमित बजार अनुगमन गर्ने
पुतलीबजार :
उपभोक्ता र ब्यवसायीका हक, हित र अधिकार संरक्षण गर्ने उदेश्यले पुतलीबजार नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिले नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ । बार्षिक कार्ययोजना स्वीकृत गरेर समितिका संयोजक नगरउपप्रमुख देवी अर्यालको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले कार्ययोजना तयार पारेर नगरपालिका अन्र्तगतका बजार तथा ब्यवसायको अनुगमन तथा छड्के निरीक्षण गर्ने भएको हो । समितिले बजार अनुगमन कार्यबिधि समेत तयार पारेको जनाएको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जा जिल्ला उद्योग वािणज्य संघ, च्याम्बर अफ कमर्श, पत्रकार महासंघ, पुतलीबजार नगपालिकाको कानून शाखाका प्रतिनिधि सदस्य रहने प्रावधान छ । खाद्य, तरकारी, मासुजन्य, औषधी लगायत अन्य ब्यवसाय संचालन गरेका मध्ये केही ब्यापारिले सामानको
मूल्य भन्दा बढी लिएर ठग्ने गरेको, मिति गुज्रेका समाग्री बिक्री वितरण गर्ने गरेको, नाप जाचँमा फरक परेको, ढाँटी छली ब्यापार गर्ने गरेको लगायतका गुनासा आएपछि नगरपालिकाले यस्ता अभियानलाई संचालन गर्न लागेको हो ।
समितिले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा बजार अनुगमन टोली समेत गठन गरेको प्रशासन प्रमुख धनप्रसाद कोइरालाले जानकारी दिनुभयो । File -pic
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


