वडाले गरयोे घरघरै पुगेर अपांगता भेट र खाद्य सहयोग
स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नं. ११ ले अपांगता भएका ब्यक्तिलाई घरघरमै पुगेर भेटघाट सहित खाद्य सामाग्री बितरण अभियान सोमबारदेखि सुरु गरेको छ ।
पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले बगालथोक स्थित मुना अर्याल सहित उनका ३ दिदीवहिनीलाई खाद्य सामाग्री प्रदान गर्दै अभियानको सुरु गर्नुभएको हो । सो घरमा मुना सहित ३ दिदीवहिनी दृष्टिविहीन छन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दे उपप्रमुख अर्यालले भन्नुभयो्, ‘संघिय सरकारले उपलब्ध गराउदै आएको आर्थिक सहयोगसंगै वडा कार्यालयले फरक क्षमताका ब्यक्तिलाई घरघरमै पुगेर गरेको भेटघाट सहितको सहयोग अनुकरणीय छ । यो अभियान नगरभित्रका सबै वडालाई सिकाई बन्नसक्छ ।’
प्रति ब्यक्ति एक क्रेट अण्डा, चना, हर्लिक्स/च्वावनप्रास सहितको खाद्य सामाग्री प्रदान गरिएको हो ।
वडाका पूर्ण र आंशिकगरी २७ जना अपांगता भएका ब्यक्तिलाई भेटघाट सहित सहयोग गर्ने लक्ष्य सहित अभियानको थालनी गरिएको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


