विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव स्याङजामा पनि ।

आधिखोला खवर/ स्याङजा :
देशभर नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको प्रभाव स्याङजामा पनि देखिएको छ । जिल्लामा सार्वजनिक सवारीसाधन नचले पनि निजी सवारीसाधन भने फाट्टफुट्ट चलेका छन ।
जिल्लाका शिक्षण संस्थाहरु पनि बन्द रहेका कारण सडकमा यातायातका साधनहरु धेरै कम रहेको छ । बन्दका कारण लामो दुरीका गाडी भने चल्न सकेका छैनन् । बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
गएको साता बिहीबार सर्लाही लखनदेहीमा विप्लव समूहका कुमार पौडेललाई प्रहरीले पक्राउ गरेपछि हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो । प्रहरीले भने पौडेल विभिन्न अपराधमा पनि संलग्न रहेको र प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारीएको बताउदै आएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP