पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) स्याङ्जामा पाण्डे
भवानी अधिकारी,
स्याङ्जा १८ चैत :
पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) स्याङ्जाको प्रथम अधिवेशनले पारशमणी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा बाबुराम सिग्देल, सचिवमा शिव ढकाल, कोषाध्यक्षमा भवानी अधिकारी, सहसचिवमा बिष्णु चापागाई निर्वाचित भएका हुन ।
यसैगरी, सदस्यहरुमा ओमप्रकाश शर्मा, कृष्णप्रसाद लामिछाने, युवराज ढकाल, कृष्ण गोदार, मनोज मल्ल चयन भएका छन् ।
सल्लाहकारहरुमा पृथ्वीप्रसाद पोखरेल, सोमनाथ लम्साल, पदम श्रेष्ठ, कृष्णप्रसाद लामिछाने छन् ।
अधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले जनप्रतिनिधि जनताको सेवक हुन र जनसेवामा समर्पित रहनुपर्ने बताईन् ।
राजनीतिका नाउमा विकृत प्रबृद्धी हावी हुन थालेको जनाउदै उनले राजनीति शास्त्रका जानकार ब्यक्तिहरुले यस्ता अभियान मार्फत राजनीतिलाई स्वच्छ र सफा बनाउनेतर्फ सहयोग गर्न आग्रह गरिन् ।

मुलनितिका रुपमा रहेको राजनीतिको विकल्प नरहेको जनाउदै राजनीतिलाई अझै राम्रो र परिष्कृत बनाउन राजनीति शास्त्रका जानकारहरुसंगको परामर्श गर्दै अघि बढ्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटी, उपप्रमुख खडगराज सुवेदी, प्राध्यापक ठानबहादुर क्षेत्री, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गिरीधारी दाहाल, उपप्राध्यापक द्धय माधवराज बास्तोला र माधव बास्तोला, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख बाबुराम सिग्देल, प्राध्यापक सोमनाथ लम्साल लगायतले राजनीतिमा राजनीति शास्त्रको महत्व र आवश्यकताका बारेमा आ आफना धारणा सहित राजनीतिक चर्चापरिचर्चा गरे ।
कार्यक्रममा नेपालको विदेश निती र भूराजनैतिक चुनौती बिषयमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भिमनाथा बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्पोन) का केन्द्रिय अध्यक्ष सुब्बा ढुंगाना (सुभास) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डां संजय कोइरालाले स्वागत एवं महासचिव मिलन आलेले संचालन गरेका छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


