गल्याङ नगरपालिकाले चौधसय परिवारलाई उत्पादनसँग जोड्ने
स्याङ्जा :
गल्याङ नगरपालिकाले “गल्याङ कृषि तथा पशु उद्दमशिलता बिकास परियोजना ” सन्चालन गर्ने भएको छ । नगरपालिकाको कृषि र पशु बिकास क्षेत्रमा नागरिकलाई सहजता ल्याउनकै लागि आज गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट इन्ट्रनेशनल नेपाल सग साझेदारी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले नगरपालिकाले यो परियोजना बाट उल्लेख्य लाभ लिने तथा कृषकका समस्याको समाधान का लागि प्राबिधिक सहित सेवा पुर्याउने कुरा बताए । उनले आम नागरिकहरुलाई पेशा र रोजगारी ब्यबसाय सङ्ग जोड्नेगरी २७ महिना सम्म सम्चालन हुने यस परियोजना बाट आशावादी रहेको समेत बताए । ३ करोड १४ लाख २५ हजार ५ सय १७ रुपैया खर्च हुने यो परियोजनाबाट नगर भित्रका १४०० घरधुरीका महिला तथा ३०० घरधुरीका युवाहरुलाई उद्दमशिलताको माध्यम बाट रोजगार बिकास गर्नेछ । यो परियोजनाले कृषि तथा पशुपालन उत्पादन , महिला र युवाहरुलाई उद्द्मशिलता सङ्ग जोड्ने र वजारको क्षेत्रमा कार्य गर्नेछ ।
कार्यक्रममा नगर उप प्रमुख हेमा न्यौपाने , प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा ,वडाका अध्यक्षहरु, कार्यपालिका सद्स्य हरु लगाएतको उपस्थिति रहेको थियो

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


