स्याङजाको भीरकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मुत्यु ।
आधिखोला खबर / वालिङ् :
स्याङजाको भीरकोट नगरपालिका वडा न. ५ मा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । स्याङजाको भीरकोट नगरपालिका ५ पकानमा दुर्घटना हुदा भीरकोट नगरपालिका १ दार्सिङका ३८ वर्षीय शिव कर्माचार्यको मृत्यु भएको हो । आइतबार राति खेत जोतेर फर्किने क्रममा ग १ त ५०८१ नम्बरको ट्याक्टर भित्री कच्ची सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

ट्याक्टरको मालिक समेत रहेका कर्माचार्य कच्ची सडकबाट केही तल पानी भएको ठाँउमा पल्टिदा ट्याक्टरको अगाडीको भागले च्यापिएको अवस्थामा भेटाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
कर्माचायलाई स्थानीय मेडिकलको सामान्या उपचार पछि थप उपचारका लागि प्राथमीक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरीको प्रहरी कार्यालयले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


